Banner NewsBanner news (with photo)गजुरी गाउँपालिकाताजा समाचारथाँक्रे गाउँपालिकादेशबेनिघाटरोराङ गाउँपालिकामुख्य समाचारसमाचारस्थानीय तह

एक साता अघिको बाढिले धादिङका २६ वटा विद्यालयमा क्षति

एक साता अघिको बाढिले धादिङका २६ वटा विद्यालयमा क्षति

अस्मिता कडुवाल,धादिङ
एक साता अघिको बाढी र पहिरोले धादिङमा गजुरी, बेनिघाटराेराङ र थाक्रे गाउँ पालिकामा २६ वटा विद्यालयमा क्षति पुगेको छ ।

धादिङको थक्रेमा ३ वटा, बेनिघाटरोराङमा १० वटा,गजुरी गाउँपालिकामा १३ वटा विद्यालयमा क्षति पुर्याएकाे हो । भने  ४ विद्यालयको पठन पाठन समेत बन्द गर्नु पर्ने अवस्था आएको छ ।

बेनिघाटरोराङ गाउँपालिकामा १० विद्यालयलाई पहिरोले क्षति पुर्‍याएको छ । बेनिघाटरोराङ वडा नम्बर ८ को सूर्योदय आधारभूत विद्यालय, वडा नम्बर ४ मा रहेको बेलडाडाँ कालिका आधारभूत विद्यालय भवन अगाडी पछाडिबाट पहरो लडेका कारण पठन पाठन बन्द भएको छ । वडा नम्बर २ को सीतामाइ आधारभूत विद्यालयको छानामा ठूलो रुख लडेर थिचेको छ भने कक्षाकोठामा बस्न नसकिने अवस्था आएको छ । वडा नम्बर ४ को जनजागृति सिद्ध आधारभूत विद्यालय दुबैतर्फबाट पहिरो लडेकोले पठन पाठन बन्द भएको ।

गजुरी गाउँपालिकाको १३ विद्यालयलाई पहिरोले क्षति पुर्‍याएको छ । नवज्योति आधारभूत विद्यालयको भवनमै क्षति पुगेकोले पठनपाठन बन्द गरिएको छ । वागेश्वरी आधारभूत विद्यालय गजुरी गाउँपालिका वडा नम्बर ३ को भवन चर्केको र अन्य विद्यालयको सबै कम्पाउण्ड वाल पहिरोले लडेको , थुम्कीडाँडा  माविका कक्षा १ मा अध्यायनरत विद्यार्थीको मृत्यु भएको छ । वडा नम्बर ७ किरा १ चोक मावि, केउरीनी आधारभूत विद्यालय, वागेश्वरी आवि गजुरी गाउँपालिका वडा नम्बर ३, बतासे आवि, पिण्डेश्वरी आवि, रिठ्ठाबोटे आवि, जुनतारा आविको कम्पाण्ड वाल भत्केको, विद्यालयमा लेदो जमेको र पहिरोले विद्यालयको केही भाग चर्केको छ ।

एक साता अघिको बाढिले धादिङका २६ विद्यालयमा क्षति
एक साता अघिको बाढिले धादिङका २६ विद्यालयमा क्षति

थाक्रे गाउपालिकनकाे लितिमहांकाल मावि, उजुवादेवी आवि र  शिलादेवी आविमा क्षति पुगे छ । लितिमहांकाल माविमा २ सय ९१ जना विद्यार्थी रहेको अवस्थामा विद्यालय आउन समेत विद्यालयको पर्खाल लडेर खोलातिर पुगेका कारण विद्यालयमा विद्यार्थी आउन नसक्ने भएकोले विद्यालय नै बन्द भएको छ ।

बाढी पहिरोपछि विद्यालयमा क्षति पुगेको र लगत्तै दशैँ आएका कारण विद्यालय नियमित रुपमा बन्द हुनै लाग्दा विपद्का कारण बिदा भएपनि दशैँ पछि धेरै विद्यालय मर्मत नगरी बस्न र पढाउन नमिल्ने अवस्थामा पुगेको छ । केही विद्यालयको कक्षाभित्र पस्नका लागि समेत डराउनु पर्ने अवस्था आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button