वाग्मती प्रदेशसमाचारसिद्धलेक गाउँपालिकास्थानीय तहस्थानीय समाचारस्वास्थ्य
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको आयोजनामा निशुल्क आखाँ जाँच शिविर हुने
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको आयोजनामा निशुल्क आखाँ जाँच शिविर हुने
सिद्धलेक गाउँपालिका–१ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा भोलि २३ गते बुधबार निशुल्क आखाँ जाँच शिविर हुने भएको छ ।
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको आयोजना तथा आयाम इङलिस स्कुलको व्यवस्थापनमा बिहान ८ बजेबाट बिद्यालय प्राङ्गणमा निशुल्क आखाँ जाँच शिविर हुने विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले जानकारी दिनुभयो । कक्षा ५ सम्म (१३ बर्ष मुनिका) बालबालिकाहरुको आखाँ जाँच गरिने भएकाले अभिभावक तथा विद्यालय आसपासका छिमेकी अभिभावकहरुलाई आफ्नो बाबुनानिहरुको आखाँ जाँच गराउन स्कुलकी व्यवस्थापक ममिता अर्यालले अनुरोध गर्नुभएको छ ।