धादिङबेसीमा अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन भोलि हुँदै,तयारी पुरा
धादिङबेसीमा अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन भोलि हुँदै,तयारी पुरा
अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो महाधिवेशन भोलि धादिङबेसीमा महाधिवेशनको सबै तयारी पुरा भएको भोली असोज २२ गते बिहान ११ बजेबाट धादिङबेसीमा सुरु हुँदैछ ।
नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्ने १८ देशबाट १४० जना भन्दा बढी प्रतिनीधिहरु सहभागि हुने हुक्त अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले बताउनुभयो।
महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना प्रतिनीधी सहभागी हुने खकुरालले बताउनुभयो। महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको उहाँको भनाइ छ। महाधिवेशनमा भौतीक उपस्थिति जनाउन नसक्ने प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिने छन्।
महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। उनीहरुले पनि उम्मेदवार बन्न र मताधिकार प्रयोग पाउने व्यवस्था गरिएको समाजले जनाएको छ। अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ। ति शाखाहरुले तोकिएको प्रतिनीधहरु पठाउने र तोकिएका प्रतिनीधिहरुले तोकिएको प्रतिनीधि शुल्क समाजको खातामा डिपोजिट गरेको भौचर प्राप्त भएपछि मात्रै मान्यता लिईने समाजले जनाएको छ।
महाधिवेशनको लागि एनआरएन आईसीसीका उपाध्यक्ष रामशरण सिमखडा (यूके) को संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।समितिको सदस्य सचिव हरिराम बुर्लाकोटी (अमेरिका), सदस्यहरुमा चिज कुमार तामाङ (पोर्चुगल), किरण अधिकारी (अस्ट्रेलिया) र कृष्ण खनाल (जापान) रहनुभएको छ। यस्तै निर्वाचन सुपरिवेक्षणमा एनआरएनए अभियन्ता लोकप्रसाद दाहाल, एनआरएनए आइसिसी सचिव मनोज गोर्खाली र अन्तर्राष्ट्रिय धादिङ समाजका निवर्तमान अध्यक्ष नानुकाजी अर्याल रहनुभएको छ।
उक्त अधिबेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठ चयन हुनुभएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएका हुनुभएको थियो।
भर्चुअल माध्ययमबाट भएको उक्त अधिवेशन अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बेल्जियम, सविन थपलिया अष्ट्रेलिया, महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया दक्षिण कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती धादिङ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन हुनुभएको थियो।
तेस्रो महाधिवेशन सफल गर्न सम्पूर्ण सम्बन्धित संघ सस्था तथा प्रतिनिधिहरुलाई अध्यक्ष राजन खकुरालले अपिल गर्नुभएको छ ।