अन्तरास्ट्रिय धादिङ समाजको अध्यक्षमा पुन: राजन खकुराल निर्वाचित
अन्तरास्ट्रिय धादिङ समाजको अध्यक्षमा पुन: राजन खकुराल निर्वाचित
प्रवासीहरुको संगठीत अभियानः समृद्ध धादिङ हाम्रो स्वाभिमान्ः भन्ने मूल नारा सहित धादिङवेशीमा अन्तराष्ट्रिय धादिङ समाजको तेश्रो महाधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।
मंगलबार धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनःराजन खकुराललाई चयन गरेको हो । भने वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ(नेपाल) उपाध्यक्षः सविना थपलिया(अस्ट्रेलिया) उपाध्यक्षः राजेन्द्र श्रेष्ठ(जापान) उपाध्यक्षः बद्री खतिवडा(अमेरीका) महासचिवः बाबुकाजी भण्डारी(जापान) सचिवः राजेन्द्र थपलिया(द.कोरिया) सचिवः कल्याण विक्रम कार्की(अष्ट्रेलिया) कोषाध्यक्षः रामकुमार थापा(नेपाल) सह कोषाध्यक्षः सोमनाथ कडेंल(कतार) चयन हुनुभएको छ।
यसैगरी सदस्यहरुः दिपक तिमिल्सिना(युके) सदस्यः पारस भण्डारी(अस्ट्रेलिया) सदस्यःविनोद उप्रेती(अस्टे«लिया) सदस्यः कमल दुवाडी(अमेरीका) सदस्यःछन्द प्रसाद सिलवाल(भारत) पछि थप गर्नेः महिला उपाध्यक्षः १ जना महिला सविचः १ जना प्रवक्ताः १ जना सदस्य मनोनियतः ४ जना सदस्य मनोनियत गरिने छ ।
अन्तराष्ट्रिय धादिङ समाज धादिङबाट विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरीएर रहेका नेपालीहरुको साँझ संगठन हो ।समाजले धादिङमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । विशेष गरी समाजले विपत्ती परेको समयमा वा अन्य प्राकृतिक प्रकोपको बेलामा मातृभुमिलाई सहयोग गर्दै आईरहेको छ ।