बाढि पहिरोको असर कायमै,पाँच राजमार्ग अझै अबरुद्ध,विभिन्न सडकहरु एकतर्फी संचाल
बाढि पहिरोको असर कायमै,पाँच राजमार्ग अझै अबरुद्ध,विभिन्न सडकहरु एकतर्फी संचाल
एक साता अघि अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरका पाँच राजमार्गका विभिन्न खण्ड अवरुद्ध र आठ सडक एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ ।
बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध र अन्य आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।
नेपाल प्रहरीका अनुसार यही ११ गतेदेखि बन्द रहेको काभ्रेपलाञ्चोकको रोशीस्थित बीपी राजमार्गको चारसयवेसी खण्ड पूर्णरुपमा अवरुद्ध छ । सोही राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट, भोटेकोसीको रामेछाप–सिन्धुली–खुरकोट, भोटेकोसीको बाह्रविसे–तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ ।
गोदावरीको लेले–टिकाभैरब, तह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँथर फिदिमस्थित मेची राजमार्गको रमिते, भिमफेदीस्थित कान्ति लोकथप एकतर्फी रुपमा खुलाइएको छ । रोशीस्थित बीपी राजमार्गको कालढुंगा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको प्रहरीले जानकारी दिएको छ ।