Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारदेशमुख्य समाचारसमाचारसुचना

मूल्य बढ्यो पेट्रोल-डिजेलको

मूल्य बढ्यो पेट्रोल-डिजेलको

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

तेस्रो वर्ग अन्तर्गतका शहरहरु काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ ।

डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।

मूल्य बढ्यो पेट्रोल-डिजेलको

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button