नेपालमा हुने कात्तिक १ देखि १४ गतेसम्म साफ वुमन्स च्याम्पियनसिपको तयारी पूरा
नेपालमा हुने कात्तिक १ देखि १४ गतेसम्म साफ वुमन्स च्याम्पियनसिपको तयारी पूरा
घरेलु मैदानमा आयोजना हुने साफ वुमन्स महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गरेर साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ,नेपालले कार्तिक २ गते भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
एन्फा प्रवक्ता सुरेश शाहले सबै तयारी पूरा भएको बताउँदै ३ टिम आइसकेको र दुई टिम आउट बाँकी रहेको जानकारी दिए ।
प्रतियोगितामा आयोजक नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसको समूह ए मा साविक विजेता बंगलादेशसँगै भारत र पाकिस्तान रहेका छन् । यस्तै समूह बी मा संस्करणको उपविजेता नेपालसँगै भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
दशरथ रंगशाला खेलका लागि तयार छ,खेल्नका लागि राम्रो कन्डिसनमा छ । एन्फाका टुर्नामेन्ट डिरेक्टर सन्जिव मिश्रले भने ।
प्रतियोगिता सम्पन्न गर्न ४ करोड, ६० हजार ८ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको पनि एन्फाले जनाएको छ ।