साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि, उद्घाटन खेल भारत र पाकिस्तान
साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि, उद्घाटन खेल भारत र पाकिस्तान
०८१,कात्तिक १
आजदेखि सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप दशरथ रंगशालामा सुरु हुँदै छ ।
दशरथ रङ्गशालामा आज बेलुका साढे ५ बजे हुने उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ।
भोलि शुक्रबार नेपाल र भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ। त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ।
भारतले अहिलेसम्म पहिलो ५ संस्करण जितेको छ,भने नेपाललाई चार पटक र बंगलादेशलाई एक पटक फाइनलमा हराएको छ ।