Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारसमाचार

टी-२० सिरिजअन्तर्गत नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

टी-२० सिरिजअन्तर्गत नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

२०८१ शुक्रबार,०२

टी-२० सिरिजअन्तर्गत नेपालले अमेरिकासामु १६५ रनको लक्ष्य दिएको छ,अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।

एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रन, दिपेन्द्र सिंह ऐरीले २८ रन, अनिल शाह र आशिफ शेखले २७/२७ रनको योगदान दिँदा गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन जोडे ।

बलिङतर्फ अमेरिकाका हरमित सिंह, जसदीप सिंह र शौरभ नेत्रभाल्करले २-२ विकेट लिए भने अलि खान र नोस्थुस केन्जिगेले १-१ विकेट लिए । आइसिसी एक दिवसीय विश्वकप लिग-२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी-२० प्रतिस्पर्धा गरेको हो ।

टि-२० अन्तर्गत नेपालले दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button