दाङमा सर्प महोत्सवको कात्तिक ८ गतेदेखि १० गतेसम्म
दाङमा सर्प महोत्सवको कात्तिक ८ गतेदेखि १० गतेसम्म
०८१ शुक्रबार,०२
आगामी कात्तिक ८ गतेदेखि १० गतेसम्म दाङमा सर्प महोत्सव आयोजना गर्न लागिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका–२० हजारभन्दा बढीलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ । दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ । तीमध्ये सात प्रजातिका सर्प विशालु भेटिएका छन् । सर्पको पहिचान, संरक्षण तथा महत्व दर्शाइने उक्त महोत्सवमा प्रवेश निःशुल्क हुने छ । मानव र सर्पबीचको द्वन्द्व कम र सर्प संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइएको छ । हामी संरक्षणका लागि काम गछौं नामक संस्थाले तीन दिने महोत्सव आयोजना गर्न लागेको जनाउँदै तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।