Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसमाचार
पहिलो पटक नेपालले भुटानसँग बराबरी अंक बाड्न बाध्य
पहिलो पटक नेपालले भुटानसँग बराबरी अंक बाड्न बाध्य
०८१ शुक्रबार,०२
सातौं संस्करणको साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत पहिलो खेलमा नेपाल र भुटानबीच बराबरी खेल्दै अंक बाड्न बाध्य भएको छ ।
नेपाली टोलीले आफ्नो लक्ष अनुसारको प्रदर्शन भने आजको खेलमा गर्न सकेनन् । खेल अवधिभर गोलका लागि धेरै अवसर सिर्जना भएपनि फिनिसिङ पक्ष निक्कै फितलो हुँदा नेपाल गोल गर्नबाट असफल रह्यो ।
सावित्राको आगमनपछि भने नेपाली टोलीको प्रदर्शनमा केही सुधार आउने अपेक्षा गरिएको छ । नेपालले अब आफ्नो दोश्रो खेल कार्तिक ५ गते सोमबार माल्दिभ्ससँग र समूह चरणको तेश्रो तथा अन्तिम खेल कार्तिक ८ गते बिहिबार श्रीलंकासँग खेल्ने छ ।
नेपाल र भुटानबीच यसअघि चार खेलमा प्रतिस्पर्धा भएकोमा नेपाल अपराजित रहेको थियो।