साफ महिला च्याम्पियनशिप उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै
साफ महिला च्याम्पियनशिप उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै
२०८१,कात्तिक,१४,बुधबार,
साफ महिला च्याम्पियनसिप २०२४ फुटबलको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेशसँग खेल्दैछ ।
खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ,नेपालले अहिलेसम्म साफ वुमन्स च्याम्पियनसिपको ६ मध्ये ५ संस्करणको फाइनल पुग्दा पनि उपाधि जित्न सकेको छैन ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो ।
पछिल्लो साफबाट राष्ट्रिय टिममा पुनरागमन गरेकी रेखा पौडेलसँगै दीपा शाही र हिराकुमारी भुजेल फाइनलमा नहुनु नेपालका घातक हुन सक्छ। जारी साफमा ७ गोल गरेकी रेखाले भारतविरुद्धको खेलमा रातो कार्ड पाएपछि फाइनल गुमाएकी हुन्। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । उनले भनिन्, “हामी गत संस्करणमा बंगलादेशसँग पराजित भएका थियौँ । तर यसपटक भने हामी उपाधि जित्ने गरी तयारी गरेका छौँ ।