Banner NewsBanner news (with photo)कृषिकृषि/सहकारीताजा समाचारदेशमुख्य समाचारसमाचार

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ,मन्त्री अधिकारी

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ,मन्त्री अधिकारी

०८१,कात्तिक,१३, मंगलबार,

कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले गरीब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नयाँ सोचका साथ काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसंग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले कृषि वैज्ञानिक र प्राविधिकहरुलाई नयाँ नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो ।

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ,मन्त्री अधिकारी

“कृषि वैज्ञानिक र प्राविधिकहरु कृषि कर्म गर्नेहरुका अभिभावक हो, त्यसैले उहाँहरुसंग निरन्तर साक्षात्कार गर्नुस्,” मन्त्री अधिकारीले भन्नुभयो-“कृषि सुधार्न तपाईंहरुको अहम भूमिका छ ।”मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुघार गर्न पर्यत्न भइरहेको बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का समस्या चाँडो भन्दा चाँडो व्यवस्थापन गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । नार्कमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न नसकिएको स्विकार्दै मन्त्री अधिकारीले यसमा पनि काम भइरहेको बताउनुभयो ।

नार्क आफैंमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद् भएको उहाँको टिप्पणी छ । मन्त्री अधिकारीले आत्मालोचना, आत्ममूल्यांकन र आत्मसमीक्षा गरेर आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गर्नुभयो ।यसैगरी खजुरामै रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गर्नुभएको छ ।

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ,मन्त्री अधिकारी

कार्यक्रम संयोजक डा. अनिल पोख्रेलले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । मन्त्री अधिकारीले नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरको पनि अवलोकन गर्नुभएको छ । आयोजना प्रमुख दिलिप चौधरीले आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button