Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशविश्वसमाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने

०८१,कात्तिक २३,शुक्रबार,

नेपाल नागरिक उड्डयन प्राधिकरण (टीआईए) का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टीआईए० आजदेखि झण्डै पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने गरेको छ ।

आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन् । तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन्  धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ। उडान सुरक्षामा खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उनले बताए ।

काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै वायुसेवा कम्पनीहरूले पनि आफ्नो निर्धारित उडान तालिका परिमार्जन गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button