Banner NewsBanner news (with photo)गजुरी गाउँपालिकाताजा समाचारदेशबेनिघाटरोराङ गाउँपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचार

स्थानीय सरकार तमासे बन्दा सुकुम्बासी परिवार मृत्युकाे मुखमा (भिडियो सहित)

स्थानीय सरकार तमासे बन्दा सुकुम्बासी परिवार मृत्युकाे मुखमा (भिडियो सहित)

सीताराम अधिकारी,धादिङ,

धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ जुरेढुंगाका एक लित परिवार ६४ वर्षदेखि घरबारबिहिन छ । तर भोट खाएर कहिल्यै नअघाएका दल र नेताहरुको उनसुकुम्बासीको त्रिपाल नजिकै दरबारहरु ठडिएका छन् । तर सुकुम्बासी परिवार खानेकुरा अभावमा मृत्युको मुखमा पुग्दा समेत स्थानीय सरकार समेत मुकदर्शक बनेर बसीरहेको छ ।
बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ जुरेढुंगा निवासी ७९ वर्षीया चन्द्रमायाँ दमै र उनको छोरा ६४ वर्षीय गोपाल दमै छाप्रोमा बसेको ६४ वर्षभन्दा बढी भयो ।
यो वडामा पंचायतकालदेखि नेता बनेर बहुदल आएपछि निरन्तर राज्यशक्तिको श्रोतको हालीमुहाली गरिरहेका राजेन्द्र पाण्डेको घर छ । उहाँ नै अध्यक्ष भएको अस्पताल समेत यहि छ । प्रदेश साम्सद मायाँ शर्मा अहिले पनि यहि बस्नु हुन्छ । एमाले माओवादी र नेपाली काँग्रेसका नेताहरु समेत यस वडाका मानिस हुन् तर यो सुकुम्बासी परिवार खान नपाएर छटपटाउँदा र बास नपाउँदा समेत देखेर पनि नदेखेजस्तो गरिरहेको प्रष्ट हुन्छ ।
सेतै फुलेको कपाल चाउरिपरेको हाडमा टाँसिएको छाला, जिउमा एक डेडबवर्ष अघि कसैले जडौरी दिएको चोलो, त्यस्तै किसिमको च्यातिन लागेको फरिया लगाएर चुहिने त्रिपालले छाएको त्रिपाल मुनी चन्द्रमायाँ सुतिरहनु भएको थियो । बाहिर कोही आएको आवाजले उठ्नखोज्नुभयो । तिनचार दिनको भोको, वृद्ध मानिस ठाडो बसन समेत नहुने दुई तिन पाता प्वालनै प्वाल भएको जस्ता, च्यातिएको त्रिपालमुनी एउटा म्याट र पातलो सानो चाइनिज कम्बलको भरमा जिन्दगी कटाउँदै आउनु भएका चन्द्रमायाँको ६४ वर्षको छोरो पनि पानी चुहिने त्रिपाल मुनी एकापटिी सुत्ने गर्नुहुनछ । एक दुई कचौरा, पकाउने भाँडा विना नै धेरैजसो दिनभरी काम गरिदिने र माँगेर ल्याएर आमालाई बचाइ रहेका गोबिन्द दमैको पनि जडौरी सर्ट र २ वर्षजति पुरानो तर मयल परेर रङ नै नचिनिने भएको पाइन्ट लगाएर गुजारा गरिहेका भएपनि स्थानीइ सरकार जानकार भएर पनि केही सहयोग गर्न तयार छैन ।
चन्द्रमायाँको आमा सेती दमै आएर हाइड्रोपावर इन्जिनियर विश्व कँडेलको बाबु छँदा उनिहरुको जग्गामा काम गर्ने र बस्ने गरि बसेको र पछि घर बनाउने जग्गा दिउँला भनेर अहिलेसम्म नपाएको चन्द्रमायाँले बताउनुभयो ।
काम गरुनजेल काम लगाए । खानेकुरा उनिहरुको जग्गामा गरेकोले काम गरेपछि मागेर थोरै मात्र दिन्थे त्यहि खाएर परिवार बाँचेको थियो । केही समयअघि इन्जिनियर कँडेलले तेजनाथ पाण्डेलाई सो क्षेत्रको जग्गा विक्रि गरेपछि सुकुम्बासी परिवार मृत्युको मुखमा पुगेर पनि बाँच्ने आधार खोजिरहेको छ । चन्द्रमायाँले आफू जवान हुँदा जग्गावालालई पैसा दिएको र जग्गा दिउँला भनेर साहुले कागज समेत गरेको तर अहिले जग्गा समेत बेचेर हिडेपछि आफूले गरिबको लागि कोही नभएको चन्द्रमायाँको भनाइ छ ।
जब चुनाव आउँछ सबै दलका नेताहरु भोट माग्छन् । हिड्न नसक्ने चन्द्रमायाँलाई बोकेर लगेर पनि भोट दिन लगाउँछन् । मोतियाबिन्दु भएर दृष्टिविहिन हुनुभएका चन्द्रमायाँ अझै पनि आँखा देखिन्छ कि भन्ने प्रश्न गर्नुहुन्छ ।
उहाँको छोरा गोबिन्द पनि ढाडमा ठूलो पोको डल्लो निस्किएर अपांग छन् । सानोतिनो काम गर्न मात्र सक्छन् । भारी बोक्न सक्दैनन् तर उनको छाप्रो तल बस्नेहरुले घरायसी काम लगाएर खान दिने, आमालाई खाना खान दिने घरमा पठाउने गरेर दलित परिवार कष्टपूर्ण तरिकाले बाँचिरहेका छन् ।
तिनतहको सरकार छ । गरिब सुकुम्बासीका लागि काम गर्ने बताएर उनिहरुको भोट लिने गरेपनि अति विपन्न र सुकुम्बासीका लागि काम नै नगरेकोले स्थानीय, प्रदेश वा संघीय सरकारले चन्द्रमायाँ दमैको परिवारको लागि बासबस्ने जमिन, उपचार र टाउको लुकाउने बासको व्यवस्था गनु नियमित सहयोग गर्दै आउनुभएका साबित्रा कँडेलले बचाउनुभयो ।

वडा अध्यक्ष भुवन त्रिपाठीले समाचार लेख्न पत्रकारहरु गएको जानकारी पाएपछि दमै परिवारको समस्या घर बनाउने, जग्गा दिने काम ५ महिनाभित्र गर्ने टेलिफोनबाट बताउनुभयो । बेनिघाटरोराङ गाउँपालिका अध्यक्ष विवेक थपलिया युद्धको भुमरिबाट आएका व्यक्ति भएपनि उहाँले यस विषयमा आफू नबोल्ने बताएर पन्छिनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button