३०२ जना नेपालीले आँखा देखे, जापानी समाजसेवी योजीको सहयोगमा (फोटो फिचर)
३०२ जना नेपालीले आँखा देखे, जापानी समाजसेवी योजीको सहयोगमा (फोटो फिचर)
०८१,मंसिर ४,मंगलबार, न्युज अफ नेपाल,
काभ्रेको भुम्लु गाउँपालिका वडा नं ८ स्थित उक्त शिविरमा ९ बर्षदेखि ८७ वर्ष सम्मकाबिरामीले आँखा परीक्षण गराएका थिए ।
शिविरमा ३ सय २ जनाको आँखा परीक्षण गर्दा ८० जनामा नजिकको देख्ने समस्या भएको र १ सय ७० जनाको टाढा देख्ने लगायतका समस्या देखिएको थियो । काभ्रेको भुम्लु प्रकाश उच्च माध्यमिक विद्यालयमा जापानी समाजसेवी योजी माचुदाको सहयोगमा यही मंसिर १ र २ गते संचालित २ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
उक्त शिविरमा नजिकको देख्न समस्या हुनेले (रिडिङ) परीक्षणकै क्रममा चस्मा लिएका थिए । टाढा देख्न समस्या भएकालाई यही मंशिर ८ गते शनिवार योजी माचुदाको समूहले चस्मा उपलब्ध गराउने भएका छन् । आँखा शिविरमा पालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल, प्रकाश उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि नारायण साह, समाजसेवी प्रेम लामा, ८ नं वडाका वडा अध्यक्ष मोतिलाल तामाड., समाज सेवी तथा फोटो पत्रकार दिवाकर मास्के, विद्यार्थी, स्वयमसेवक, स्थानीय बासिन्दा लगायतको समूहले जापानी समाज सेवीको समूहलाई प्रकाश उच्च माध्यमिक विद्यालयमा भब्य स्वागत गरेका थिए ।
नेपालीको मायाले ओतप्रोत भएका जापानी समाजसेवी योजी माचुदा आफू उमेरहदका कारण सेवाबाट अवकाश भएपनि नेपालीहरुप्रतिको माया र सद्भावलाई निरन्तरता दिन सकियोस भन्दै साथमा मेघानेनो माचुदा कम्पनीका मेनेजर अर्थात् आफ्नै छोरा तासिकी माचुदालाई लिएर आएका थिए । उनको साथमा समाजसेवी किकुची योसिए पनि सहभागी भएका थिए । माचुदाको सेवा भावको पालिका अध्यक्ष भुजेल, प्रधानाध्यापक साह र वडा अध्यक्ष तामाङले मुक्तकण्ठले प्रशंसा गर्दै जापान र नेपाल बीचको सम्बन्धलाई निरन्तर रहिरहने विश्वास व्यक्त गरे । तस्बिरहरु : दिवाकर मास्के