Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारविश्वसमाचार

भोली देखि १५ गते सम्म काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुँदै

भोली देखि १५ गते सम्म काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुँदै

०८१,मंसिर ११,मंगलबार,

भोली देखि १५ गते सम्म काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुने भएको छ ।

चारदिन सम्म होटल सोल्टीमा सञ्चालन हुने यो सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछ । नेपालको जनसंख्या नीति निर्माणमा महत्वपूर्ण योगदान गर्ने सम्मेलनमा एशिया,अमेरिका,अष्ट्रेलिया लगायतका देशका जनसंख्याविद्धहरुको सहभागिता रहने छ । एशियाली जनसंख्या संघ (एपिए) मूल आयोजक र जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) स्थानीय आयोजक रहेको यो सम्मेलनमा विभिन्न मुलुक करिब ६०० जनसंख्याविद्हरूको सहभागिता रहने छ ।

आयोजक समितिका संयोजक एवं सिडिपिएसका प्रमुख प्राध्यापक योगेन्द्र बहादुर गुरुङका अनुसार सम्मेलनमा १७ वटा विषयका कार्यपत्रहरु प्रस्तुत गरिनेछन् । आयोजकका अनुसार मंसिर १५ गते नेपाल शेसन पनि हुनेछ । उक्त शेसनमा श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले नेपालमा रोजगारीको अवस्था र वैदेशिक रोजागरीमा युवाहरुको आकर्षण किन भन्ने विषयमा पनि एक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

२०७१ सालमा तयार गरिएको जनसंख्या नीतिमा संसोधन गरेर बदलिएको जनसंख्यिक अवस्था अनुसार नीति पनि बदल्नु पर्ने बेलामा आयोजना गरिएको यो अन्तराष्ट्रिय सम्मेलनले विकसित देशका धेरै अनुभव जानकारी पाइने बताए । एशियाका विकसित देशहरुले यी सबै समस्या भोगेर त्यसबाट पार पनि पाइसकेका छन् ,प्राध्यापक गुरुङले भने,उनीहरुले यस्ता समस्याबाट कसरी पार पाए भन्ने कुरा हामीले जानकारी पाउनु नै ठूलो उपलब्धी हो । उनीहरुको अनुभवबाट हामीले हाम्रो जनसंख्या नीति र समग्र सरकारका नीतिहरु संसोधन गर्ने नयाँ नयाँ आइडियाहरु पाउनेछौं ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button