Banner NewsBanner news (with photo)कृषिताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय समाचार

डिडिसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : कृषिमन्त्री अधिकारीको भनाई

डिडिसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : कृषिमन्त्री अधिकारीको भनाई

०८१,मंसिर १२,बुधबार,

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास सस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणवाट मुक्त गराउन आफुले सक्दो प्रयास गरीरहेको वताउनु भएको छ ।

आज मन्त्रालयमा रास्ट्रीय किसान संजालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन ब्यक्तिगत तबरबाट समेत आफुले विभिन्न प्रयास गरिरहेको भन्दै यस्को नतिजा चाडै देखिने उल्लेख गर्नुभयो । बिगत देखिनै डिडिसीमा बेथिति रहेको र यसलाई अन्तय गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारले उल्लेख गर्नुभयो ।

यो समयमा डिडिसीले दूध खरिदमा बिगत देखीनै कोटा निर्धारण गर्ने गरेको जानकारी आफुलाई आएको भएपनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले वताउनुभयो । सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दुधमा पनि आत्मनिर्भरको बिषय उठाउदै गर्दा किसानको दूध खरीद नगर्ने भन्ने कुरा हुन सक्दैन , मन्त्री अधिकारीले भन्नुभयो । केही सन्चार माध्यममा किसानको दूध सरकारी सस्थानले नकिनेको बिषय आएको तर दूध बिक्री नभएको गुनासो किसान मार्फत नआएको भए पनि यस विषयलाई आफुले गम्भीरता पुर्बक लिएको र केही दिनमा एथार्थ बाहिर ल्याउने पनि वताउनुभयो । ज्ञापन पत्र बुझाउदै संजालले दूध , उखु ,सुपारी लगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button