नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक उत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाखको कार पुरस्कार पाउने
नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक उत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाखको कार पुरस्कार पाउने
०८१,मंसिर १२,बुधबार,
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडीले ६२ लाखको कार पुरस्कार पाउने भएका छन् ।
उत्कृष्ट खेलाडी त विदेशी नै बन्ला भन्ने धेरैको अनुमान छ । तर नेपाली खेलाडीहरु मध्ये उत्कृष्ट हुनेले कार पुरस्कार पाउनेछन् आयोजक नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट इतिहासमै पहिलोपल्ट कार दिन लागेको घोषणा गरेका हुन् । उनले भने‚ यस सहकार्यका लागि शारडा समूहलाई धन्यवाद,एनपीएलभर उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले लिग सकिएपछि ओमोडा ई ५ कार प्राप्त गर्नेछन् ,उक्त कारको मुल्य ६२ लाख रहेको छ ।
क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिता यही मंसिर १५ देखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा ८ टिम सहभागि एनपीएल सुरु हुनेछ ।
पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दैछन् । प्रतियोगितामा यी दुई टोलीबाहेक काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन्।
owmaai