लैंगिक हिंसा विरुद्धको सचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न (फोटो फिचर)
लैंगिक हिंसा विरुद्धको सचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न (फोटो फिचर)
०८१,मंसिर १४,शुक्रबार,
” हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागि ऎक्यबद्द्ता ” भन्ने नाराको साथमा सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सहारा महिला बचत तथा ॠण सहकारी संस्थाको आयोजनामा निलकन्ठ १२ साङ्कोष रिजाल डाँडामा सचेतनामुलक अभिमुखीकरण कार्यक्रम भएको छ ।
६० जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको कार्यक्रममा उपस्थित दिदिबहिनीले महिला हिंसाको बारेमा आआफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा सहारा महिला साकोसका अध्यक्ष पार्वती राई खाँणले सहारा महिला साकोसको गतिविधि , महिलाको आर्थिक सशक्तीकरणमा सहकारीको भुमिका बिसयमा बोल्नुभएको थियो । त्यसैगरी कार्यक्रममा लैंगिक हिंसा , लैंगिक हिंसाको कारण ,प्रकार र असरहरुका बारेमा महिला मानवअधिकार रक्षक गायत्री खतिवडा ,आत्महत्याको लक्षण र रोकथामको उपायबारेमा महिला मानवअधिकार रक्षकहरुको जिल्ला सन्जाल धादिङको अध्यक्ष खिल कुमारी तिवारीले सहजीकरण गर्नुभएको थियो ।