चलचित्र खबरताजा समाचारमनोरञ्जनसमाचार

राष्ट्रिय पुरस्कार उत्कृष्ट अभिनेता विपिन कार्की र उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्का

राष्ट्रिय पुरस्कार उत्कृष्ट अभिनेता विपिन कार्की र उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्का

वर्ष २०८० मा रिलिजमा आएका फिल्म र तिनका कलाकार तथा प्राविधिकलाई पुरस्कृत गर्न चलचित्र विकास बोर्डद्वारा बुधबार महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१ मा बुलाकीलाई उत्कृष्ट फिल्मको पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी प्रसाद–२ बाट बिपिन कार्की,ले उत्कृष्ट अभिनेता र दिमाग खराबबाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमे । दिमाग खराबबाटै निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको अवार्ड चुमेका छन् । सरकारले प्रदान गर्ने वर्ष २०८० को राष्ट्रिय पुरस्कार बुलाकी नामको फिल्मले पाएको छ भने वर्ष २०८० कै लागि विपिन कार्की र स्वस्तिमा खड्काले यो पुरस्कार चुमेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट आठ विधामा राष्ट्रिय पुरस्कार प्रदान गरिएको समारोहमा बुलाकीले ह्याट्रिक गरेको छ । यसै फिल्मबाट राजबहादुर सानेले कथा, पटकथा र संवाद लेखन तथा शिव ढकालले छायांकनको अवार्ड चुमे । पूर्व नेपाल सुन्दरी तथा सञ्चारकर्मी सुगरीका केसीद्वारा सञ्चालित समारोहमा महाजात्राबाट मित्र डी गुरुङले सम्पादनको अवार्ड चुमे। त्यसैगरी लिम्बू भाषाको फिल्म लोजीमाले उत्कृष्ट आदिवासी जनजाति मातृभाषी फिल्म, टुल्कीबाट स्वस्तिमा कार्कीले निर्णायक समिति प्रोत्साहन पुरस्कार र फिल्म जारीले निर्णायक समिति प्रोत्साहन व्यावसायिक सफल फिल्म पुरस्कार प्राप्त गरे। राष्ट्रिय चलचित्र पुरस्कारवापत विजयी सबैलाई ट्रफीका साथमा २५ हजार रुपियाँ नगद प्रदान गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button