दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट २९ करोडको कारोबार
दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट २९ करोडको कारोबार
०८१,पुस २,मंगलबार,
रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट २९ करोडको कारोबार भएको प्रहरीको दाबी छ ।
रविका ३, निकिताका १३ र एक संयुक्त बैंक खाता जाँच गर्दा यो अवधिमा २८ करोड ९१ लाख जम्मा गरिएको र २९ करोड ७ लाख झिकिएको विवरण अनुसन्धान प्रतिवेदनमा छ ।
सबैभन्दा धेरै कारोबार लामिछानेका नाममा ग्लोबल आईएमई बैंकमा रहेको बैंक खाताबाट गरिएको छ । उक्त ३०–७०१०००–––३ नम्बरको खातामा सन् २०१६ डिसेम्बर ११ देखि २०२४ अक्टोबर १६ सम्म ८ करोड २६ लाख जम्मा गरिएको छ भने लगभग सबै रकम झिकिएको छ । त्यस्तै, लामिछाने र पौडेलका नाममा नेपाल बैंकमा रहेको ०६–४००१०––– –––०००–०१ नम्बरको संयुक्त खातामा ४ करोड १३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सोही बैंकको अर्को खाता २०–––३९०–––१–४९ मा २०२३ मे १४ देखि २०२४ नोभेम्बर २५ सम्म १ करोड ५ लाखको कारोबार भएको छ । उनकै ग्लोबल आईएमईको खाता नम्बर १३–५० –––००–––२६ मा २ करोड २९ लाख र नेपाल बैंक लिमिटेडको खातामा २ करोड ३२ लाख रुपैयाँ जम्मा भएको छ । यति ठूलो कारोबार भए पनि पछिल्लो समय उनीहरूका सबै खातामा गरेर कुल ७ लाख ७४ हजार रुपैयाँ मात्र मौज्दात राखिएको छ ।