ताजा समाचारदेशमुख्य समाचारराजनीतिसमाचार
रास्वपाको रवि लामिछाने सांसद पदबाट निलम्बित,कार्यबाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
रास्वपाको रवि लामिछाने सांसद पदबाट निलम्बित,कार्यबाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पूर्वगृहमन्त्री सांसद पदबाट निलम्बित भएका छन् ।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले निकाल्नुभएको सूचनामा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ अनुसार उहाँ स्वतः निलम्बनमा परेको उल्लेख छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले सूचना प्रकाशित गरेर सांसद पद निलम्बनमा परेको जानकारी गराएको हो । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेविरुद्ध आइतवार कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धीसमेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको थियो ।
हिजो राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।