Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसमाचार

दसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

दसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

३० असोज ०८१

विजयादशमी देखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने यस वर्षको आज अन्तिम दिन हो ।

नेपाली सनातन समाजमा विजयादशमीदेखि शुरु भएको टीका जमरा लगाउने क्रम पूर्णिमाकै दिन सकिन्छ। कोजाग्रत पूर्णिमाका दिन बिहान जमरा विसर्जन गर्ने परम्परा पनि छ। तर यो वर्ष सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button