Banner NewsBanner news (with photo)अर्थतन्त्रकृषिकोशी प्रदेशताजा समाचारदेशमुख्य समाचारसमाचार

असोजमा आएको अविरल वर्षाका कारण कोसी प्रदेशमा ३४ करोड अन्नबालीमा क्षति

असोजमा आएको अविरल वर्षाका कारण कोसी प्रदेशमा ३४ करोड अन्नबालीमा क्षति

०८१,कात्तिक १

असोजमा आएको अविरल वर्षाले सबैभन्दा बढी कोसी प्रदेशमा धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कोसी प्रदेशमा ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको छ ।

प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएको थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोसी प्रदेशकी प्रमुख डा. दीपा दियालीले बताइन् ।

यसैगरी तरकारीतर्फ चार सय १४ दशमलव ८० हेक्टर जमिनमा रु ११ करोड १८ लाख ७८ हजार मूल्य बराबरको क्षति भएको छ । आठ सय ७९ दशमलव ७५ हेक्टर जमिनमा लगाइएको रु एक करोड ६२ लाख चार हजार, दुई हजार तीन सय ५७ दशमलव ५० हेक्टर जमिनमा लगाइएको कोदो रु तीन करोड ७१ लाख मूल्य बराबरको क्षति भएको छ । १० दशमलव ५० हेक्टर जमिनमा रु २७ लाख ७३ हजार मूल्य बराबरको फलफूल र ५८ दशमलव ६० हेक्टर जमिनमा रु ४८ लाख १२ हजार मूल्य बराबरको दलहन बालीमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button