विश्व खाद्य मञ्च २०२४ लाई सम्बोधन गर्दै नेपालको कृषि क्षेत्रमा लगानी गर्न कृषि मन्त्री अधिकारिको सुझाव (फोटो फिचर)
विश्व खाद्य मञ्च २०२४ लाई सम्बोधन गर्दै नेपालको कृषि क्षेत्रमा लगानी गर्न कृषि मन्त्री अधिकारिको सुझाव (फोटो फिचर)
२०८१ शुक्रबार,०२ कात्तिक
संयुक्त राष्ट्रसंघीय खाध तथा कृषि संगठनको २०२४को उच्चस्तरीय उद्दघाटन सत्रमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सहभागी हुनुभएको छ ।
उद्दघाटन सत्रमा मन्त्री अधिकारीले लगानीकर्ताहरुलाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गर्नूभयो । नेपाल सरकारले यसै वर्ष देखि कृषिमा लगानी दशक घोषणा गरि यस क्षेत्रमा वढि भन्दा वढि लगानी भित्रयाउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि , खाध सुरक्षा,हरित उत्पादन र रुपान्तरित कृषि तथा खाध प्रणालीलाई सरकारले प्राथामिकता दिएको उल्लेख गर्नुभयो ।
नेपाल जैविक विबिधताले भरिपुर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्वपुर्ण योगदान दिएको भन्दै मन्त्री अधिकारीले नेपालको खाध प्रणाली विश्वकै लागि प्रेरक हुनसक्छ ,भन्नुभयो ।
बैठकमा संसदको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिव अधिकारी , प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव राजकुमार श्रेष्ठ पनि सहभागी हुनुभएको छ ।