खेलकुदताजा समाचारदेशमुख्य समाचारसमाचार

साफ महिला फुटबल च्याम्पियनसिपमा:आज नेपाल र भुटान भिड्दै,भारतद्वारा पाकिस्तान पराजित

साफ महिला फुटबल च्याम्पियनसिपमा:आज नेपाल र भुटान भिड्दै,भारतद्वारा पाकिस्तान पराजित

२०८१ शुक्रबार,०२

साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुदै छन् साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन। नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ। अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ।

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा हुने यो खेल नेपाली दिउँसो साढे १ बजे सुरु हुने पहिलो खेल श्रीलङ्का र माल्दिभ्सबीच तथा दोस्रो खेल साँझ ५:३० बजे नेपाल र भुटानबीच हुनेछ ।

पछिल्ला ६ मध्ये पाँच संस्करणको उपविजेता नेपालले च्याम्यिनसिप भने जित्न सकेको छैन । प्रतियोगितामा सबै भन्दा कमजोर प्रदर्शन गर्दै आएको भुटानले गत संस्करण पहिलो जित हात पार्दै सेमिफाइनल सम्म पुगेको थियो ।

महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिम

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।

डिफेन्डर: गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।

मिडफिल्डर: रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।

फरवार्ड: रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button