खेलकुदताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसमाचार

साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंकाबीच भिडन्त

साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंकाबीच भिडन्त

२०८१,कात्तिक,बिहीबार ८,

साफ महिला च्याम्पियनसिप फुटबलमा आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे नेपाल र श्रीलंका बीच प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा साढे १ बजे माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ।

आजको नतिजाबाट समूह बीको विजेता बन्ने टोलीले समूह एको उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ,भने समूह बीको उपविजेता बन्ने टोलीले समूह एको विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो खेलमा बलियो नेपाललाई १ अंक मात्र सुम्पिएर आफूले पनि १ अंक बटुलेको भुटान दोस्रो खेलमा श्रीलंकालाई सहजै ४-१ गोल अन्तरले हराउन सफल भयो। श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो। दुई खेलको समाप्तिमा नेपाल र भुटान दुबैको समान ४-४ अंक छ भने श्रीलंकाको ३ अंक छ।

अन्तिम खेलमा नेपालसँग श्रीलंकाको भिडन्त भएकाले , श्रीलंकालाई भने अर्को चरणमा जान खेल जित्नै पर्नेछ। सो खेल श्रीलंकाले जितेमा नेपालको प्रतियोगिताबाटै बाहिरिने पनि सम्भावना हुन सक्छ।  यो खेलमा नेपाली सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीले पनि खेल्ने हुँदा माल्दिभ्ससँगको खेलमा जस्तै हुनसक्ने आँकलन गरिएको छ।

श्रीलंकाले नेपाललाई अहिलेसम्म जित्न सकेको छैन भने नेपाली पोष्टमा गोल पनि गर्न सकेको छैन।

नेपाल गएका ६ वटा संस्करणमा ५ वटामा उपविजेता र एउटामा सेमिफाइनलमा रोकिएको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button