एसीसी पुरुष १९ वर्षमुनिको एशिया क्रिकेट कपमा आज नेपालले श्रीलंकासँग खेल्दै
एसीसी पुरुष १९ वर्षमुनिको एशिया क्रिकेट कपमा आज नेपालले श्रीलंकासँग खेल्दै
०८१,मंसिर १४,शुक्रबार,
एसीसी पुरुष १९ वर्षमुनिको एशिया क्रिकेट कपको आफ्नो पहिलो खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ ।
यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुने छ । दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छन् । प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास शृङ्खला खेलेको थियो ।
हालसम्म ८ पटक एसिया कप खेलिसकेको नेपालको अन्डर(नाइन्टिन टोली १ पटक मात्र २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । पहिलो पटक नेपालको उमेर समूहको टोलीलाई सम्हालिरहेका शक्ति गौचनको प्रशिक्षणबाट क्रिकेट प्रशंसकले ठूलो अपेक्षा राखेका छन्। नेपाली युवा टोलीले हालसम्म श्रीलंकाविरुद्ध जित हात पार्न सकेको छैन ।
अर्को खेलमा आजै अफगानिस्तान र साविक विजेता बंगलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह एमा भारत, पाकिस्तान, जापान र यूएई छन् ।
समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई छन् । नेपालले आफ्नो दोस्रो खेल १६ गते पर्सि आइतवार बङ्गलादेशसँग र तेस्रो खेल मङ्सिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।