दुर्गापुरमा दुई समूह बिच झगडा हुदा १८ जना बढी घाइते
दुर्गापुरमा दुई समूह बिच झगडा हुदा १८ जना बढी घाइते
सिरहाको गोलबजार नगरपालिका वडा – १३ दुर्गापुरमा मस्जिद विवादका कारण दुइ समूह बिच झगडा हुदा १८ जना भन्दा बढी घाइते भएका छ्न ।
मस्जिदमा आर्थिक हिनामिना गरेको विषयमा छलफल चलिरहेको बेला मधेश प्रदेश सभा सद्स्य साहिदा खातुन पक्षले हातपात गरेको मो।सेवरत पक्षले आरोप लगाएका छ्न । सेवरतका अनुसार बिनाकारण प्रदेश सभा सद्स्य खातुनले धाकधम्की देखाउने र दुख दिने गरेको बताए । उनिहरुले भने,प्रदेश सभा सद्स्यले राजनिती शक्ति देखाउदै आफुले भनेको कुरो मन्नु पर्छ भन्दै धाक्धम्की देखाउदा विवाद सुरु भएको बताए । तीन महिना अघि गाउँमा भएको हत्या बारेमा छलफलको लागि भेला भएका गाउँलेहरुलाइ प्रदेश सभा सद्स्य खातुनका भाइ मो।रहिम लगायतले एकासी कुटपिट गरेको शेखको भनाइ छ ।
कुटपिटमा प्रदेश सभा सद्स्य खातुन सहित १८ जना ब्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यलय सिरहाले बताए । यता,प्रदेश सभा सद्स्य खातुनले भने आफुले मस्जिदका अध्यक्ष मो।सेवरतसंग मस्जिदको हिसाब मागेपछी आयोजना बनाएर आफ्नो पक्षलाइ कुटपिट गरेको खातुनको दाबी छ ।घाइतेहरुको गोलबजार स्थिति भुमिजा हस्पिटल र बर्धमान अस्पतालमा उपचार भइरहेको छ ।मो ।रहिमलाई थप उपचारको लागि बिराटनगर पठाइएको छ ।