अर्थतन्त्रअर्थव्यवस्था
६.५५ अंकले बढ्याे नेप्से, ३ अर्ब १५ करोडकाे काराेबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से बढेको छ । आज नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४ बिन्दुमा कायम भएको छ ।
आज नेप्सेमा ९६ लाख ३७ हजारकाे कित्ता सेयर खरिद-बिक्री हुँदा कुल काराेबार रकम ३ अर्ब १५ करोड रुपैयाँ भएकाे छ । आज विकास बैंक ५२, फाइनान्स ६, होटेल तथा पर्यटन ९, जलविद्युत् २४, उत्पादन २८, निर्जीवन बिमा ५५ र अन्य उपसमूह २२ अंक बढेकाे छ ।