उर्मिला चौधरीलाई ग्लोबल एन्टी रेसिज्म च्याम्पियन–२०२४’ बाट सम्मानित
उर्मिला चौधरीलाई ग्लोबल एन्टी रेसिज्म च्याम्पियन–२०२४’ बाट सम्मानित
वासिङ्टनस्थित विदेश मन्त्रालयमा आयोजित भव्य समारोहमा उनै ब्लिङ्केनले उर्मिलालाई ‘ग्लोबल एन्टी रेसिज्म च्याम्पियन–२०२४’ को अवार्ड’द्वारा सम्मानित भएकी छन् ।
चौधरीसहित विभिन्न देशका ६ जना अभियन्ताले अवार्ड पाएका हुन् । अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन् ।
नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाउनुको साथै परम्परागत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध गरेको काम, शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा चौधरीको योगदानको कदरस्वरूप अवार्डले सम्मान गरिएको बताइएको छ । पूर्वकमलरीसमेत रहेकी उर्मिला कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता हुन् । ११ वर्ष ‘कमलरी-जीवन’ बिताएकी उर्मिला २०६३ माघ १ मा मुक्त भएसँगै त्यही अभियानमा जोडिएकी थिइन् । प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ ।