आजको मौसम पहाडी भू–भागका एक–दुई स्थानमा /चट्याङसहित हल्का वर्षाको सम्भावना
आजको मौसम पहाडी भू–भागका एक–दुई स्थानमा /चट्याङसहित हल्का वर्षाको सम्भावना
०८१,कात्तिक,७बुधबार,
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
अहिले बिहान कोशीलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।