चलचित्र खबरमनोरञ्जन

बेहुली फ्रम मेघौली,निर्माताले दिए साइबर ब्युरोमा उजुरी

बेहुली फ्रम मेघौली,निर्माताले दिए साइबर ब्युरोमा उजुरी

फिल्म हेर्न पुगेका दर्शकले हलमा मोबाइलबाट भिडिओ खिचेर फेसबुक, एक्स, इन्स्ट्राग्राम, टिकटक लगायतमा अपलोड गर्ने क्रम बढेपछि सोमबार साइबर ब्युरो पुगेर उजुरी दिएको निर्माता एवं अभिनेता निश्चल बस्नेतले बताए।

सामाजिक सञ्जालबाट जति पनि क्लिप अपलोड भएका छन्, ती बन्द गर्न र पाइरेसी गर्नेलाई कारबाही गर्न भन्दै निवेदन दिएका छौं। त्यहाँबाट फिल्मको भिडिओ क्लिप राख्ने अकाउन्टहरू बन्द गर्ने प्रक्रिया अगाडि बढिसकेको छ,फिल्म बौद्धिक सम्पत्ति भएको र यो अपराध हो भन्नेबारे सबै दर्शकले बुझ्न जरूरी छ।

‘बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि प्रदर्शनमा आएको हो। यसमा स्वस्तिमा खड्का र निश्चल बस्नेत शीर्ष भूमिकामा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button