ads

बाढीले घर डुबाएपछि गलौदीका ४२ परिवार जंगलमा, तरुण दलद्वारा पानीका जार र शौचालय निर्माणमा सहयोग

शनिबार, भाद्र २०, २०८३

theme

भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीले गजुरी गाउँपालिका–५, गलौदीका अधिकांश घर डुबाएपछि स्थानीयहरू अहिले जंगलमा आश्रय लिन बाध्य भएका छन् ।

 

 

बाढीका कारण घरमा बस्न सक्ने अवस्था नरहेपछि गलौदी माथिको वन सवडिभिजन क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ ।  प्रभावितका अनुसार उक्त होल्डिङ सेन्टरमा ४२ परिवारका कम्तीमा २ सय जना बसिरहेका छन् । यसैबीच, नेपाल तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २०० थान पानीका जार वितरण गरेको छ ।  गल्छी र गजुरी गाउँपालिकामा रहेका विभिन्न होल्डिङ सेन्टरमा पानीका जार वितरण गरिएको हो ।

 

 

तरुण दलका युवाहरूले गलौदीस्थित होल्डिङ सेन्टरमा अस्थायी शौचालय निर्माणका लागि श्रमदानसमेत गरेका छन् ।  बाढीपछि खानेपानी र सरसफाइको समस्या झेलिरहेका प्रभावित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नेपाल तरुण दल त्रिपुरासुन्दरी गाउँपालिका सचिव दिलिप श्रेष्ठले ओखर न्यूजलाई जनकारी दिनुभयो  ।

 

 

‘सहयोग ठूलो नहोला, तर पीडामा रहेका परिवारको अनुहारमा क्षणभर भए पनि राहतको अनुभूति ल्याउन सकियो भने हाम्रो प्रयास सार्थक हुनेछ,’ नेपाल तरुण दल त्रिपुरासुन्दरी गाउँपालिका सचिव श्रेष्ठले बताए ।

 

 

उनीहरूले आगामी दिनमा पनि बाढी प्रभावितको आवश्यकताअनुसार सहयोगी हातहरू निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल