धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिताकाे फाईनलमा आज डिएफसी र एमवाइसी बीच हुने भएकाे छ ।
धादिङवेसीका फुटवल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरेको हो ।
शुक्रबार सेमिफाइनलमा एमवाइसीले सेभेन हर्सलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
त्यस्तै, आयोजक डिएफसीले शिवदल गणविचको खेलमा निर्धारित समयमा गोलरहित रह्यो । कुनै पनि समुहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउटमा पहिलो पाँचै जनाले गोल गरेपछि पुनः थप दुई जनाले पेनाल्टी सुटआउट गर्दा ६–५ गोल अन्तरले डिएफसीले फाइनलको यात्रा सुरक्षित गरेको हो । सेमिफाइनल खेल सकिएसँगै सेभेन हर्स र शिवदल गण दुवै समुह तृतिय भएका हुन् ।
फाइनल खेल शनिवार दिउसो साढे २ बजे खेलाइने आयोजक धादिङ फुटवल क्लवका अध्यक्ष गोपी भण्डारीले बताए । प्रतियोगीता विजेताले १ लाख ७५ हजार, उपविजेताले ७५ हजार, तृतिय हुनेले २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र पाउँछन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल