ads

चालु आर्थिक वर्षमा विपद्बाट ४१२ जनाको मृत्यु, २ हजार ६ सय ६७ जना घाइते

मंगलबार, मंसिर ९, २०८३

theme

चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि मंसिर ७ गतेसम्मको अवधिमा देशभर भएका ८ हजार १ सय ६५ वटा विपद्का घटनामा ४ सय १२ जनाको अकालमा ज्यान गएको छ,भने १० हजार ३ सय ८९ परिवार प्रभावित बनेका छन् । यो तथ्यांकमा भोटेकोसी बाढीको घटना भने समेटिएको छैन ।

 

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा विपद्का घटनाबाट १९ जिल्ला प्रभावित भएका छन् । मंसिर ७ गते विभिन्न जिल्लामा भएका घटनामा पाँच जना घाइते भएका छन् । विपद्मध्ये सबैभन्दा धेरै मानवीय क्षति सर्पदंश (सर्पको टोकाइ) बाट भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ ।  सो अवधिमा सर्पदंशबाट मात्रै ११६ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय १७ जना घाइते भएका छन् भने १ हजार ७ सय २९ परिवार प्रभावित बनेका छन् । विपद्मा दोस्रो ठूलो मानवीय क्षति पहिरोका कारण भएको छ। यस अवधिमा १ हजार ७ सय ५१ स्थानमा पहिरो जाँदा ७७ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् र ७८ जना घाइते भएका छन् ।  पहिरोले १ हजार ४ सय ३२ परिवारलाई घरबारविहीन वा प्रभावित बनाएको छ । त्यस्तै, ४६६ ठाउँमा आएको बाढीका कारण ४१ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन् ।  बाढीबाट १ हजार ३ सय ९० परिवार प्रभावित बनेका छन् ।  बाढी र पहिरोमा गरी १४ जना नागरिक बेपत्ता छन् भने ११८ जनाको मृत्यु भएको छ । अर्कोतर्फ, चट्याङका ३३८ वटा घटनामा ३६ जनाको ज्यान गएको छ भने २१० जना घाइते भएका छन् र ४१२ परिवार प्रभावित बनेका छन् ।

 

 

तथ्यांक अनुसार देशभर १ हजार ९ सय ९५ स्थानमा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने २८० जना घाइते र २ हजार २ सय २१ परिवार प्रभावित भएका छन् । हिमाली तथा उच्च पहाडी भेगमा लेक लाग्नेका ८५ वटा घटनामा २८ जनाले ज्यान गुमाएका छन् भने ६० जना घाइते भएका छन् । यस्तै, मानव–वन्यजन्तु द्वन्द्वका कारण ४ सय ५४ वटा जनावर आक्रमणका घटना भएका छन्, जसमा २७ जनाको मृत्यु र २ सय ९२ जना घाइते भएका छन् । ६ वटा हिउँ पहिरोका घटनामा १९ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । हावाहुरीका ५३७ घटनामा १६ जनाको मृत्यु र १ हजार ४ सय ९५ परिवार प्रभावित भएका छन् भने भारी वर्षाका ५९५ घटनामा ७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ८०८ परिवार प्रभावित भएका छन् । यस्तै देशभर १९५स्थानमा वन डढेलो हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् भने २२ परिवार प्रभावित बनेका छन् । 

 

 

 

पछिल्लो २४ घण्टाको ताजा अवस्था
प्राधिकरणकाअनुसार मंसिर ६ गते बिहान १० बजेदेखि मंसिर ७ गते बिहान १० बजेसम्मको २४ घण्टामा देशका १९ जिल्लामा २३ वटा विपद्का घटना घटेका छन् । 

पछिल्लो २४ घण्टामा १७ जिल्लामा आगलागी हुँदा २० वटा घटनामा २ जना घाइते भएका छन् । त्यस्तै सर्पदंशका घटनामा २ जना घाइते भएका छन् भने १ जनालाई लेक लाग्नु र १ जना घाइते भएका छन् । २४ घण्टाको अवधिमा घटना संख्या २३ र ५ जना घाइते भएका छन् भने यस अवधिमा राहत र उद्धारका लागि १७० जना प्रहरी जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै, अनुमानित आर्थिक क्षति ६० लाख ५० हजार रुपैयाँ रहेको छ भने एउटा चौपायामा क्षति पुगेको छ ।

 

 

प्राधिकरणको तथ्यांकमा सर्पदंश, पहिरो, बाढी, आगलागी, चट्याङ, लेक लाग्ने, जनावरको आक्रमण, हिउँपहिरो, हावाहुरी, भारी वर्षा, डुङ्गा पल्टिने, वन डढेलो, विस्फोटन, हवाई दुर्घटना, असिना र भूकम्पलगायतका विपद्का घटना समेटिएका छन् । तथ्यांकअनुसार सबैभन्दा धेरै घटना आगलागी र पहिरोका रहेका छन् भने बाढी, सर्पदंश तथा अन्य प्राकृतिक र गैरप्राकृतिक विपद्का कारण पनि ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् ।

 


 

प्राधिकरणले विपद्का घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सतर्कता,मौसम परिवर्तन, सुक्खा मौसमको शुरुवात र हिउँद नजिकिँदै गर्दा आगलागी र चिसोका सम्भावित जोखिमप्रति सतर्क रहन र विपद् सम्बन्धी पूर्वसूचनाका लागि आधिकारिक माध्यमहरू फलो गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल