ads

धादिङको २०८३ गंगाजमुना मेलाका केही झलकहरू

शुक्रबार, मंसिर ५, २०८३

theme

 

धादिङको गङ्गाजमुना गाउँपालिका–५, फूलखर्कस्थित ढाँडखर्कको पहरामा प्रसिद्ध धार्मिक तथा सांस्कृतिक गङ्गाजमुना झरनामा लाग्ने यस मेलामा धादिङसहित विभिन्न जिल्लाबाट भक्तजन तथा पर्यटकहरू पुग्ने गर्छन् । गाउँपालिकाको नाम पनि यही धार्मिकस्थलबाट राखिएकाले गङ्गाजमुना स्थानीय भूगोल र सामूहिक पहिचानसँग जोडिएको छ। झरनानजिकैको ‘कुकुरधारा’मा स्नान गर्ने परम्परा पनि छ। त्यहाँ नुहाउँदा जनावरले टोकेको दोष निवारण हुने धार्मिक जनविश्वास छ। यस्ता विश्वासले यहाँका फरक जलधारा र पूजास्थललाई भक्तजनका आ–आफ्ना मनोकामनासँग जोडेको छ । 

 

समुद्री सतहबाट करिब १ हजार ८ सय मिटर उचाइमा रहेको यस झरनाको पानी करिब १ हजार मिटर माथिबाट खस्ने गर्दछ । झरनामा स्नान गरी मनले चिताएको कुरा मागेमा पूरा हुने जनविश्वास छ । झरना खस्ने पहराको बीच भागमा रहेको मन्दिरमा महादेवको पूजाआजा गर्ने परम्परासमेत छ । गंगाजमुना झरना पहराको टुप्पोबाट गंगा र जमुना नामका दुई छुट्टाछुट्टै धारामा खस्ने प्राकृतिक झरना हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल