ads

रोड टु युएफसीको ऐतिहासिक फाइनलमा रवीन्द्र ढाँट,जापानी फाइटर र्यो ताजिमासँग भिडन्त हुने

शनिबार, कार्तिक २९, २०८३

theme

नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँट विश्वकै प्रतिष्ठित फाइटिङ प्रतियोगिता अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) मा प्रवेश गर्ने लक्ष्यसहित ऐतिहासिक उपलब्धिको नजिक पुगेका छन् । ‘रोड टु युएफसी’ सिजन–५ को ब्यान्टमवेट विधाको फाइनलमा पुगेका ढाँटले जापानका अनुभवी फाइटर र्यो ताजिमासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

 

आगामी सन् २०२७ फेब्रुअरी ७ मा अस्ट्रेलियाको सिड्नीमा हुने फाइनल भिडन्त नेपाली खेलकुदका लागि महत्वपूर्ण मानिएको छ ।  रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेर ढाँटले यसअघि नै इतिहास रचिसकेका छन् । ढाँटले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका हुन् । उनलेक्वाटरफाइनलमा फिलिपिन्सका किमबर्ट अलिन्पोजोनलाई पराजित गरेका थिए भने सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । अब उनको सामना जापानका र्यो ताजिमासँग हुनेछ ।  दुवै खेलाडी उपाधि जित्ने लक्ष्यसहित अक्टागनमा उत्रिनेछन्,प्रतिस्पर्धात्मक र प्राविधिक रूपमा चुनौतीपूर्ण मानिएको यो भिडन्तमा ढाँटका लागि आफ्नो क्षमता प्रमाणित गर्ने महत्वपूर्ण अवसर हुनेछ ।

 


 

फाइनलमा जित हासिल गर्ने खेलाडीले सिधै युएफसीको मुख्य सम्झौता (कन्ट्र्याक्ट) प्राप्त गर्ने अवसर पाउनेछन् ।  त्यसैले यो भिडन्त केवल उपाधिका लागि मात्र नभई विश्वकै ठूलो एमएमए मञ्चमा प्रवेश गर्ने ढोका पनि हो । रवीन्द्रले फाइनल जित्न सके उनी युएफसीमा मुख्य सम्झौता प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बन्ने ऐतिहासिक अवसर छ ।  यसले नेपाली एमएमए खेललाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउनुका साथै नयाँ पुस्ताका खेलाडीलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ ।

 

 

क्वाटरफाइनल र सेमिफाइनलमा देखाएको प्रदर्शन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताका आधारमा रवीन्द्रप्रति नेपाली खेलप्रेमीको अपेक्षा बढेको छ ।  अब सबैको नजर आगामी सन् २०२७ फेब्रुअरी ७ मा अस्ट्रेलियाको सिड्नीमा हुने फाइनल भिडन्त नेपाली खेलकुदका लागि महत्वपूर्ण मानिएको छ । ढाँटले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका हुन् । रवीन्द्रले फाइनल जित्न सके उनी युएफसीमा मुख्य सम्झौता प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बन्ने ऐतिहासिक अवसर छ ।  यसले नेपाली एमएमए खेललाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउनुका साथै नयाँ पुस्ताका खेलाडीलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ । क्वाटरफाइनल र सेमिफाइनलमा देखाएको प्रदर्शन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताका आधारमा रवीन्द्रप्रति नेपाली खेलप्रेमीको अपेक्षा बढेको छ । 

 

 

के रवीन्द्र ढाँटले जापानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै युएफसीको मुख्य सम्झौता हासिल गरेर नेपाली खेलकुदमा नयाँ इतिहास रच्न सक्लान् ? यसको जवाफ फेब्रुअरी ७ को फाइनलले दिनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल