ads

सल्यानबेँसी जात्राको अवसरमा चौथो त्रिपुरासुन्दरी गोल्ड कप हुँदै, विजेतालाई ७७ हजार ७७७ रुपैयाँ पुरस्कार

शुक्रबार, कार्तिक २८, २०८३

theme

धादिङ जिल्लाकै प्रसिद्ध धार्मिक शक्तिपीठ श्री भगवती त्रिपुरासुन्दरी माईको भव्य मेला तथा सल्यानबेँसी जात्राको अवसर पारेर धादिङमा चौथो त्रिपुरासुन्दरी गोल्ड कप–२०८३ आयोजना हुने भएको छ ।

 

 

गणेशस्थान युवा क्लब (GYC) को आयोजनामा सञ्चालन हुने खुला ७ ए साइड फुटबल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि त्रिपुरासुन्दरी गाउँपालिका–६, गणेशस्थानस्थित सल्यानबेँसीमा सुरु हुनेछ ।  प्रतियोगिता मंसिर २४ गतेसम्म सञ्चालन हुने र हरेक वर्ष धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाइने सल्यानबेँसी जात्रा मंसिर २३ गते सल्यानकोट र मंसिर २४ गते सल्यानबेँसीमा आयोजना हुँदैछ ।  यही अवसरमा खेलकुदको माध्यमबाट युवाबीच आपसी सद्भाव, एकता र खेल भावना विकास गर्ने उद्देश्यले गोल्ड कप आयोजना गर्न लागिएको गणेशस्थान युवा क्लबका सदस्य विशाल खड्काले ओखर न्यूज डट कम लाई जानकारी दिनुभयो ।

 

 

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले ६ हजार ६६६ रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ ।  प्रत्येक टिममा ७ जना खेलाडीसहित ३ जना अतिरिक्त खेलाडी गरी जम्मा १० जना खेलाडी रहने व्यवस्था गरिएको छ ।  त्यस्तै, प्रत्येक टिममा एक जना कोच अनिवार्य छ,प्रतियोगिताको विजेता टिमले नगद ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ३८ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । उच्च गोलकर्तालाई ४ हजार ४४४ रुपैयाँसहित ट्रफी, उत्कृष्ट खेलाडीलाई ४ हजार ४४४ रुपैयाँसहित ट्रफी तथा उत्कृष्ट गोलरक्षकलाई पनि ४ हजार ४४४ रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता मंसिर १९ गते बिहान ११ बजेदेखि सुरु हुनेछ,प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने खड्काले बताउनुभयो ।

 

 

आयोजक गणेशस्थान युवा क्लबले धार्मिक, सांस्कृतिक तथा खेलकुद गतिविधिलाई एकसाथ जोड्दै आयोजना गर्न लागिएको प्रतियोगितामा सम्पूर्ण फुटबलप्रेमी, खेलाडी, भक्तजन तथा शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

100%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल