प्रथम सुमन स्मृति कपको सेमिफाइनल समिकरण पुरा

बिहीबार, फाल्गुण १५, २०८१

theme

जिल्लाको सदरमुकाम धादिङवेशीमा जारी प्रथम सुमन स्मृति कपको सेमिफाइनल समिकरण पुरा भएको छ । विहीबार क्वाटरफाइनल चरणका सबै खेल सकिएसँगै सेमिफाइनल पुग्ने टिमहरुको टुङगो लागेको हो ।

सेमिफाइनलका खेलहरु शुक्रवार दिउसो १ बजे र फाइनल खेल शनिवार हुने आयोजक धादिङ फुटवल क्लवका अध्यक्ष गोपी भण्डारीले बताए । प्रतियोगीता विजेताले १ लाख ७५ हजार, उपविजेताले ७५ हजार, तृतिय हुनेले २५ हजार र चौथो हुनेले २० हजार नगदसहित ट्रफी, प्रमाणपत्र पाउँछन् । अहिलेसम्मकै ठूलो धनराशीको पुरस्कार रहेको आयोजकले दावी गर्दै आएको छ ।

विहीबारको पहिलो खेलमा नेपाली सेनाको शिवदल गणले नुवाकोटको नागिनिथान युुवा क्लवलाई ४-१ गोल अन्तरले जित निकाल्दै सेमिफाइनलनको स्थान पक्का गरेको हो । त्यस्तै दोस्रो खेलमा पेनाल्टी सुटआउटमा हिम्स नेपाललाई ५-४ गोल अन्तरले पछि पार्दै सेभेन हर्सले सेमिफाइनल पुगेको हो ।

त्यसैगरी विहीबारकै तेस्रो खेल एमवाइसीले नुवाकोट दुप्चे बी लाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । विहीबारको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक धादिङ फुटवल क्लवले सुनौलो भिजन युवा क्लवलाई ४-३ गोल अन्तरले पराजित गर्दे सेफिफाइनल प्रवेश गरेको हो ।

धादिङवेशीका फुटवल खेलाडी सुमन श्रेष्ठको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरेको हो । सुमनको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल