सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

शुक्रबार, फाल्गुण १६, २०८१

theme

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज  बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । 

उनका अनुसार भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ ।  भूकम्पको सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यका र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिनुभएको जानकारी अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका छन् । सामान्य घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै कोदारीमा रहेको इलाका प्रहरी कार्यालयको भित्ता चर्किएको पनि प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो । यसबाहेक अरु क्षतिकोबारे जानकारी नआएको र बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ