महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ ।
विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन् ।
यति ठूलो संख्यामा श्रद्धालु भेला भएको यो विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला हो । महाकुम्भ स्नानका लागि भारत मात्र नभई नेपाल लगायत विश्वका थुप्रै देशबाट असंख्य श्रद्धालु प्रयागराज पुगेका थिए। यो त्रिवेणी संगममा स्नान गर्नाले पापको प्रायश्चित भइ पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रही आएको छ। महाकुम्भ हिन्दु संस्कृति, अध्यात्म र आस्थाको प्रतिक हो ।
गत जनवरी १३ देखि शुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा सकिएको हो। यो ४५ दिनको अवधिमा पौष पूर्णिमा, मकर संक्रान्ति, मौनी अमावस्या, बसन्त पञ्चमी, माघि पूर्णिमा र महाशिवरात्रीमा गरी ६ वटा विशेष वा अमृत स्नान भएका थिए ।
यति विशाल र अभूतपूर्व मानव भेलालाई व्यवस्थित गर्न उत्तर प्रदेश सरकारका लागि ठुलो चुनौतिका रुपमा रहेको थियो। मौनी अमावस्याको अमृत स्नानको अघिल्लो रात भागदौड मच्चिँदा जनवरी २९ मा कम्तिमा ३० जनाले ज्यान गुमाए भने अन्य ६० जना घाइते भएका थिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ