“साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित बागमती साहित्य महोत्सव भोली देखि सुरु हुदै ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा धादिङबेशीमा फागुन १६ देखि १७ गतेसम्म हुने बागमती साहित्य महोत्सव भोली देखि सुरु हुन लागेको हो ।
महोत्सवको सह आयोजक नीलकण्ठ प्रज्ञा प्रतिष्ठान, विशेष सहयोगी नीलकण्ठ नगरपालिका रहेको छ । महोत्सवमा विभिन्न विधाका समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षण लगायतका गतिविधि रहने महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक विष्णु आचार्यले बताए । कूल ९ वटा समूह छललफल, फागुन १६ गते साँझमा हुने काव्य सन्ध्या र १७ गतेका लागि विहान गजल प्रशिक्षण र साँझ गजल वाचन हुने उनले जानकारी दिए ।
महोत्सवमा हाम्रो भाषामा समसामयिकताको प्रश्नः आवश्यकता वा औचित्यमा डा बलदेव शर्मा गाउँलेसंग डा. नविनवन्धु पहाडी, लेखनमा विषय चयनः चयन हुनुपर्ने र छुट्नुपर्नेका निफन नाफनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, डा ज्ञानु पाण्डे र अम्मराज जोशीसंग पुरु लम्साल, बालसाहित्य, सृजना कला, हाम्रो दायित्वमा कृतिका लौडारी, समीक्षा अधिकारी र अंशिका जोशीसंग प्रकाश पौडेल, साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धनमा डा. दिनेशराज पन्त र प्रकाश सायमीसंग ओम रिजाल, हरिप्रसादका चित्रकलाः रैथाने संस्कृतिको प्रतिबिम्बमा हरिप्रसाद शर्मा र डां विष्णुप्रसाद शर्मासंग कृष्णमुरारी भण्डारी, समालोचनाको वर्तमानः आशाप्रद वा आशयप्रदमा महेश पौड्याल, रमेश प्रभात र हेमप्रभाष अधिकारीसंग श्रीबाबु कार्कीले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरि भविष्य द्रष्टाहरुमा अध्ययनशिलताको सवालः वर्तमान अवस्था र भविष्यको दिशामा राम कुमारी झाँक्री, डा. रामकुमार अधिकारी, सरल सहयात्री र कैलाश कोइरालासंग सुदर्शन खतिवडा, किनाराको साहित्य यात्रा ः कति घाम कति छाँया ? मा चन्द्रप्रसाद न्यौपाने, निमेष निखिल र प्रोल्लास सिन्धुलीयसंग मिलन तिमिल्सिना, नेपालमा नारी लेखनः अनुभव र अनुभूतिको कसीमा सरिता तिवारी, कुमारी लामा र डा गीता त्रिपाठीसंग राजुझल्लु प्रसादले सहजीकरण गर्नेछन् ।
महोत्सवमा बागमती प्रदेश भित्रका नेवाः, मगर, गुरुङ, तामाङ, चेपाङ समुदायका संस्कृति झल्कने झाँकी, गीत तथा नृत्य, कविता र प्रदिप रोदन लगायतका गजलहरु प्रस्तुत हुने आयोजकले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ