सिँहदरवार चारेर अनुदान लिने विगतको प्रवृतिको अन्त्य भएको छ,कृषिमन्त्री अधिकारी

बिहीबार, फाल्गुण १५, २०८१

theme

 कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसान मन्त्रालयले  किसानकै पक्षमा काम गरि रहेको वताउनुभएको छ ।

युवा किसान सञ्जालले  आज काठमाडौमा आयोजना गरेको किसान सम्मान एंव अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफुले  मन्त्रालयको  नेतृत्व समालेको आठ महिनाको अवधिमा भएका कार्य र निर्णयहरु समग्र कृषि र किसानको पक्षमा भएको वताउनुभयो , अझै थुप्रै कामहरु गर्न वाँकी छ जसको सकारात्मक प्रतिफल देखिदै जाने छ मन्त्री अधिकारीले, भन्नुभयो। 

कृषि ऐन चाडै अघि बढाउने गरि मन्त्रालयले काम गरिरहेको छ, कृषि मार्फत हामीले चाहेको सम्वृद्दि नयाँ ऐन मार्फत प्राप्त हुन सक्ने गरी तयार हुदैछ मन्त्री अधिकारीले भन्नुभयो, ऐन चाडै मन्त्रीपरिषद हुदै संसदमा पुग्दैछ । कृषि मार्फत गरिवी घटाउदैै कम्तीमा आफनै हैसियतमा वाच्न सक्ने अवस्थामा पुरयाउने लक्ष्य ऐनले वोकेको  मन्त्री अधिकारीले वताउनुभयो । किसानलाई परिचय पत्र वितरणको कार्य यसै वष देखि सुरु गर्देछौ , प्रधानमन्त्रीवाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी छ उहाँले ,भन्नुभयो। मन्त्री अधिकारीले कृषि मन्त्रालय मार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाहरुको नाम सार्वजनिक गरिएको उल्लेख गर्देे कृषि र किसानको नाममा १ खर्व ७ अर्व रुपैया वितरण भएको रहेछ ,यसको उपलब्धी खोज्ने काम भएको छ ,भन्नुभयो ।

मन्त्री अधिकारीले सिँहदरवार चारेर अनुदान लिने विगतको प्रवृतिको अन्त्य भएको र आफु मन्त्रालयको नेतृत्वमा रहँदा सम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।किसानले  समयमा मल र विउ नपाउने मन्त्रालय के गरि वसेको छ भन्ने प्रश्न उठने गरेको भन्दै मन्त्री अधिकारीले ठुलो रकम रासायनिक मलमा अनुदान गएको र यसको  सहज वितरणमा प्रदेश र स्थानीय तहको  पनि महत्वपुर्ण भुमिका हुने वताउनुभयो ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ