ads

भोटेकोशी बाढीपीडित ४० जनालाई फाइबर सिरक वितरण, अभिभावक गुमाएका बालबालिकालाई ज्याकेटसमेत सहयोग

मंगलबार, मंसिर २, २०८३

theme

धादिङमा भोटेकोशी बाढीबाट प्रभावित तथा परिवारका सदस्य गुमाएका नागरिकलाई जाडोबाट जोगाउन फाइबर सिरक र न्यानो कपडा वितरण गरिएको छ ।

 

 

बाढी प्रभावितलाई लक्षित गरी नीलकण्ठ नगरपालिकाका ३३ जना, सिद्धलेक गाउँपालिकाका ५ जना र ज्वालामुखी गाउँपालिकाका २ जना गरी कुल ४० जनालाई फाइबर सिरक वितरण गरिएको हो । त्यसैगरी, नीलकण्ठ नगरपालिका–२ तिनघरेस्थित अन्नपूर्ण आधारभूत विद्यालयमा अध्ययनरत बाढी प्रभावित बालबालिकालाई सिरक तथा ज्याकेटसमेत वितरण गरिएको छ ।

 

 

सहयोग पाउने बालबालिकामध्ये रविन सुनार कक्षा ५ मा अध्ययनरत १० वर्षीय बालक हुन् ।  उनले आमालाई गुमाएका छन्। त्यस्तै, कक्षा ५ मा अध्ययनरत १० वर्षीया दिपशिखा श्रीमल आमाको साथ नपाएपछि मामाघरकी हजुरआमासँग बस्दै आएकी छन्। कक्षा २ मा अध्ययनरत ७ वर्षीया अनुस्का सुनारका बुबा बाढीपछि बेपत्ता छन् भने आमा ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएकी छन् ।  परिवारमा खाद्यान्न अभावसमेत रहेको छ ।

 

 

काठमाडौंको बानेश्वर निवासी ८२ वर्षीय भरतप्रसाद शर्मा, विष्णु तिमल्सिना, भगवान न्यौपाने र अश्वि (यमुना) शर्माको सहयोगमा उक्त सामग्री वितरण गरिएको हो । दाताहरू र बाढी प्रभावित परिवारबीच समन्वय नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष तथा इन्सेक प्रतिनिधि सीताराम अधिकारीले गर्नुभएको थियो । बाढीका कारण परिवारका सदस्य गुमाएका तथा आर्थिक र पारिवारिक संकटमा परेका प्रभावित नागरिकले जाडो मौसममा न्यानो सिरक र कपडा पाएपछि खुसी व्यक्त गरेका छन् ।

 

 

प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारी,नेपाल पत्रकार महासङ्घ धादिङका तर्फबाट सचिव सन्तोष श्रेष्ठ,दलित सेवा सङ्घ धादिङका श्याम मगराती, पत्रकार आकाश लम्सालको सहभागिता रहेको थियो । 

 

 

विपद्को पीडामा रहेका नागरिकलाई लक्षित गरी गरिएको यस मानवीय सहयोगले प्रभावित परिवारलाई जाडोबाट जोगिन केही राहत पुग्ने अपेक्षा गरिएको छ । यस सहयोगले प्रभावित परिवारलाई कठिन परिस्थितिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल