सशस्त्र प्रहरी बल, नेपालको पहलमा धादिङको उत्तरी क्षेत्र रुवीभ्याली गाउँपालिकामा स्थानीय युवालाई सीपमूलक तालिम प्रदान गरिएको छ । सीमा क्षेत्रका स्थानीय बासिन्दालाई सीप सिकाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाको लब्दुङ गाउँमा १० दिने केश कर्तन (हेयर कटिङ) तालिम सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) तिप्लिङको आयोजना र जिल्लाको रुवीभ्याली गाउँपालिकासँगको सहकार्यमा सीमावासी लक्षित स्वरेजगार मुलक केश कर्तक (कपाल काट्ने) तालिम सञ्चालन गरिरहेको छ । सीमावर्ती गाउँका युवाहरूका लागि सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सञ्चालित यो तालिममा सीमा नाकासँग जोडिएका वडाहरूका १५ जना स्थानीय युवाहरूको सहभागिता रहेको छ ।सञ्चालित यो तालिममा सीमा नाकासँग जोडिएका वडाहरूका १२ जना स्थानीय युवाहरूको सहभागिता रहेको छ ।

सशस्त्र प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तुला बहादुर चौधरीका अनुसार भौगोलिक रूपमा विकट तथा रोजगारीका अवसर सीमित रहेको उत्तरी धादिङका स्थानीय युवालाई सीप सिकेर आफ्नै गाउँ-ठाउँमा व्यवसाय सुरु गरी स्वरोजगार बन्ने र स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना हुने विश्वास लिइएको छ । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले आगामी दिनमा पनि सीमावर्ती युवाहरूको हित, सीप विकास र जनचेतनामूलक यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ ।

स्थानीय बासिन्दासँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै सुरक्षा जिम्मेवारीसँगै सामाजिक तथा सामुदायिक विकासमा समेत योगदान पुर्याउने उद्देश्यले सशस्त्र प्रहरीले यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल