आजबाट फुटबल महाकुम्भ सुरु,४८ राष्ट्र, १०४ खेल, तीन देश आयोजक

बिहीबार, जेष्ठ २८, २०८३

theme

विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ मेक्सिकोले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात आजबाट सुरु हुँदैछ । 

 

 

२३औँ संस्करणको उद्घाटन खेल नेपाली समयअनुसार मध्यराति १२ ; ४५ बजे हुनेछ,फुटबलको इतिहासमै पहिलोपटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ मा पहिलो पटक ४८ राष्ट्रको सहभागिता, १०४ खेल, १६ सहरका मैदान र तीन देशमा हुने भव्य उद्घाटन समारोहसँगै यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठुलो र भव्य विश्वकप बन्दै छ । यस संस्करणमा ४८ राष्ट्रबाट १,२४८ खेलाडी सहभागी छन् । साथै, ७१ देशका ४४९ क्लबबाट व्यावसायिक फुटबल खेल्ने खेलाडीले विश्वकपमा प्रतिनिधित्व गर्दै छन्  ।

 

 

विश्वकपमा ब्राजिल लगातार २३औँपटक सहभागी हुँदै छ । पाँचपटकको विश्व च्याम्पियन ब्राजिलसँगै साबिक विजेता अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन र नेदरल्यान्ड्सलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । तर, यस विश्वकपमा चारपटकको च्याम्पियन इटालीसँगै पोल्यान्ड, डेनमार्क, अफ्रिकी महारथी नाइजेरिया र क्यामरुनजस्ता चर्चित राष्ट्र भने छनोट हुन सकेका छैनन्  ।

 

 

विश्वकपको पहिलो उद्घाटन समारोह मेक्सिको सिटी स्टेडियममा हुनेछ, जहाँ मेक्सिकन संस्कृति, परम्परा र कलाको विशेष प्रस्तुति रहने फिफाले जनाएको छ  । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल