ads

विपत्तिमा सहारा बन्दै तरुण दल, गजुरी–५ का बाढीपीडितलाई खाद्यान्न सहयोग

शुक्रबार, भाद्र २६, २०८३

theme

 

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि नेपाल तरुण दल गाउँपालिकाले खाद्यान्न सामग्री वितरण गरेको छ ।

 

 

 

बाढीका कारण घरबारविहीन तथा विस्थापित भएर आश्रयस्थलमा बसिरहेका गजुरी गाउँपालिका–५, पोखरेखोलाका बाढी प्रभावित परिवारलाई तरुण दलका नेता मनोज कडेलको पहलमा रु. १ लाख ५३ हजार ९ सय बराबरको खाद्यान्न सामग्री सहयोग गरेको हो । तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाको टोली पोखरेखोला होल्डिङ सेन्टरमै पुगेर प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । भोटेकोशी बाढीका कारण घर, सम्पत्ति तथा दैनिक जीवनयापनका आधार गुमाएका परिवार अहिले अस्थायी आश्रयस्थलमा बस्न बाध्य छन् । यस्तो अवस्थामा खाद्यान्नलगायत आधारभूत आवश्यकताका सामग्रीको अभाव हुन नदिन विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी छ । तरुण दलले विपत्तिको समयमा पीडित परिवारलाई केही राहत र भरोसा मिलोस् भन्ने उद्देश्यले विपत्तिले मानिसको घर मात्रै नभई वर्षौँदेखि जोडिएका सपना, भरोसा र आफन्तसमेत खोस्ने अवस्था सिर्जना गरेको भन्दै दुःखमा परेका नागरिकलाई आफ्नो परिवार सम्झेर सहयोग गर्नुपर्नेमा जोड दिइएको छ । 

 

 

सहयोगलाई ठूलो दानका रूपमा नभई संकटमा परेका आफ्नै नागरिकप्रतिको सानो साथका रूपमा लिइएको तरुण दलको भनाइ छ। तत्कालको आवश्यकता पूरा गर्न खाद्यान्न सहयोग गरिएको र आगामी दिनमा पनि जहाँ आवश्यकता देखिन्छ, त्यहाँ आफ्नो क्षमताअनुसार सहयोग लिएर पुग्नेका नेपाल तरुण दल त्रिपुरासुन्दरी गाउँपालिका तरुण दलका अध्यक्ष रोजन पाण्डेले बताउनु भयो । 

 

 

भोटेकोशी बाढीपछि धादिङका विभिन्न नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । धेरै परिवार विस्थापित भएका छन् भने कतिपय परिवार अझै अस्थायी होल्डिङ सेन्टर तथा आफन्तको आश्रयमा बसिरहेका छन् ।  यस्तो अवस्थामा सरकारी निकायसँगै राजनीतिक दल, सामाजिक संस्था, युवा समूह तथा व्यक्तिगत रूपमा सहयोग गर्नेहरूको भूमिका पनि महत्वपूर्ण बन्दै गएको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल