ads

त्रिपुरासुन्दरीमा ३०० हेक्टरमा जलवायु उत्थानशील धान र गहुँ खेती गरिने

बुधबार, भाद्र १७, २०८३

theme

त्रिपुरासुन्दरी गाउँपालिकामा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिँदै आएका चुनौतीलाई न्यूनीकरण गर्दै ३०० हेक्टर क्षेत्रफलमा जलवायु उत्थानशील धान र गहुँ खेती प्रवर्द्धन गरिने भएको छ ।

 

 

यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), खुमलटार, ललितपुर र त्रिपुरासुन्दरी गाउँपालिका, धादिङबीच जलवायु उत्थानशील खाद्यबालीको प्रदर्शन तथा प्रवर्द्धनसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार गाउँपालिकाभित्र १५० हेक्टर क्षेत्रफलमा जलवायु उत्थानशील गहुँ र १५० हेक्टरमा जलवायु उत्थानशील धान खेती गरिनेछ। कार्यक्रम कार्यान्वयनका लागि कुल ५४ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेट राष्ट्रिय प्रकृति संरक्षण कोषले उपलब्ध गराउनेछ ।

 

 

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको खडेरी, बाढी, अनियमित वर्षा तथा अन्य मौसमी जोखिमको प्रभाव घटाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रममार्फत जलवायु अनुकूल प्रविधि तथा सहनशील जातको प्रयोग विस्तार गर्दै कृषकको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखिएको छ ।कार्यक्रमले स्थानीयस्तरमा खाद्य सुरक्षा मजबुत बनाउनुका साथै कृषकलाई परम्परागत खेती प्रणालीबाट आधुनिक तथा जलवायु अनुकूल कृषि प्रविधितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसबाट कृषि उत्पादनलाई व्यावसायिक बनाउन र कृषकको आयआर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

 

 

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थपिँदै गएको चुनौती सामना गर्न कार्यक्रम महत्वपूर्ण र प्रभावकारी हुने बताउनुभयो ।  “जलवायु परिवर्तनको असरका कारण कृषिमा विभिन्न चुनौती थपिँदै गएका छन्। यस्तो अवस्थामा जलवायु उत्थानशील जात र प्रविधिको प्रयोग विस्तार गरी उत्पादन तथा उत्पादकत्व बढाउनुका साथै खाद्य सुरक्षा सुनिश्चित गर्न यो कार्यक्रम महत्वपूर्ण छ,” अध्यक्ष उप्रेतीले भन्नुभयो ।उहाँले खडेरी, बाढी र अनियमित वर्षाजस्ता समस्या बढ्दै गएको अवस्थामा जलवायु उत्थानशील जात तथा प्रविधिको प्रयोगले कृषकलाई बदलिँदो परिस्थितिसँग अनुकूल हुन सहयोग पुग्ने बताउनुभयो ।

 

 

अध्यक्ष उउप्रेतीले कार्यक्रम सञ्चालनका लागि सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) लाई धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ, कार्यक्रममार्फत स्थानीय कृषकले आधुनिक तथा जलवायु अनुकूल कृषि प्रविधि प्रयोग गर्ने अवसर पाउनेछन् । यसले त्रिपुरासुन्दरीको कृषिलाई व्यावसायिक, दिगो र जलवायु उत्थानशील बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल